Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Sunday 20 September 2015

Good Bye My 'FIRST LIFE' & Welcame My 'SECOND LIFE' !!



 Good Bye My 'FIRST LIFE' &
Welcame My 'SECOND LIFE' !!

आजको दिन मेरो लागी एक बिशेष दिनको रुपमा अबिस्मरणीय रहनेछ।
किनभने आजको दिन मेरो लागी वारीपारीको दुई पहरा जोड्ने पुलजस्तै बनेको छ। आजबाट मेरो लागी नयानया अबसरहरू, जिम्मेवारीताहरू र चुनैतीहरू थपिएका छन् भने आजबाट मबाट केही चिजहरू गुमिदै छन् र ती चिजहरू एक बिशाल घरको बलियो जगको रुपमा तर सम्झनामा मात्र सिमित रहनेछन्।

Sunday 13 September 2015

Happy FATHER'S DAY, KUSHE AUNSHI & MOTIJYANTI

"Happy FATHER'S DAY, KUSHE AUNSHI & MOTIJYANTI" एउटा काल्पनिक लेख- (यदी तपाईसग समय छ भने एकचोटी भएपनि पढ्नुहोला) शीर्षक:- "बुझ्ने भईसक्दा" बाल्याबस्थामा मलाई मम्मी तथा दिदीहरूले सधै बिहान ६ बजे उठ्ने बानी बसालिदिनु भएको थियो। म उठ्दा घाम झुल्किसकेको हुन्थ्यो,घर वरिपरी दिदी/मम्मीहरूले लिपेर रातै टल्किरहेको हुन्थ्यो। कति बेला उठेर सबै काम सकिसक्नुहुन्थ्यो मलाई पत्तो नै हुदैनथ्यो। भैसी दुहुने,गोबर सोतर गर्ने,लिपलाप गर्ने,आगो बाल्ने,चिया नास्ता बनाउने जस्ता सबै काम गरेर म उठ्दा अगेनुको डिलमा चिया नास्ता राखिदिनु भएको हुन्थ्यो र उहाहरू मेलापात,घासदाउरा,खेतबारी जान तथा आफ्नो-आफ्नो काम गर्न तयार भैसक्नु भएको हुन्थ्यो।