Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

About me>>

तपाई धेरै धाएर यहासम्म आउनु भयो तपाईंलाई यस पृष्ठमा स्वागत छ । म पनि तपाइजस्तै एउटा साधारण मानिस हु तर मेरो र तपाईंको कुरा नमिल्न सक्छ तैपनि झ्याउ नमनिकन पढीदिनुहुने छ भन्ने आश गरेको छु । जे होस तपाईं यहासम्म खोज्दै खोज्दै आउनुभयो म यसैमा खुशी छु र तपाइलै पुन स्वागत गर्न चाहन्छु।
सर्बप्रथम त म तपाइलाइ मेरो परिचय दिन्छु ।
जन्म:- वि.स. २०५४-असोज-३ शुक्रबार (सन 1997/sep/19)
जन्मस्थल:- अर्घाखाँची, धतिवाङ्ग-0७
नाम:- पदम प्रसाद पौडेल (paudelpadamprasad, @padam9999)
पिता:- गणपति पौडेल। माता:-जमुना पौडेल ।
दिदीहरु:- सुमित्रा पौडेल,मेनका पौडेल ।
भाइ:- शोभाखर पौडेल।
घर:- कपिलवस्तु, बाणगङ्गा नगरपालिका-०१,उप्टहवा
तपाई एउटा आपलाई हेर्नुस आपको बोटले आप फूलाउछ,फलाउछ,बढाउछ,पकाउछ र पाकेपछि खसाउछ आफूले खानामा प्रयोग गर्न पाउदैन । उसको एकमात्र उद्देश्य के हो भने अरूको सेवा गरौ ताकी यस्तो तरिकाबाट सेबा गरौ सधैको लागी आफ्नो नाम अमर रहोस। त्यही भएर आज मानिसले पनि आपलाई चिन्छन् । हरेक कुरा केही न केही स्वार्थमा गरिन्छ जस्तो कि त्यो आपले पनि अरूको सेवा गर्ने नाममा आफ्नो बंश टाढाटाढा पुगोस बंश बिस्तार होस भनेर खसाईदिएको हुनुपर्छ अनि यसको साथसाथमा आफ्नो नाम पनि राख्नको लागी फलमा जुस राखेर खसाईदिएको हुूनुपर्छ ॥
यस्तै गरेर म पनि एउटा सानो सपना तर ठुलो सोच बोकेर हिडेको मानिस हु।
जे गरिन्छ जसो गरिन्छ सबै आफ्नै लागी गरिन्छ कसैले कसैको लागी केही गरेर,भएभरको उसलाई सहयोग गरेर हुने केेही छैन र गरेर पनि केही हुदैन । सबै जे गर्छन जस्तो गर्छन् सबै आफ्नै लागि गरेका हुन्छन् । यदी तपाईलाई कसैले केही सहयोग गर्छ भने यो नसोच्नुहोस कि उसले मेरो लागी गर्यो भनेर उसले त आफ्नै लागी तपाईलाई अझ प्रयोगको साधन बनाएर गरेको हो। पनि नसोच्नुहोस कि उसले मलाई निस्वार्थ सेवा गर्यो उसले तपाई माथी पनि स्वार्थ राखेर गरेको हो। (यसकुराको पुस्टी अर्को लेखमा छ कृपया पढ्नुहोला।)
सबैलाई पैसाले दुख दिएको छ त्यसैले म यो सिस्टम तोड्ने पक्षमा छु ।
तुलना जहिले पनि बराबर चिजमा मात्र गरिन्छ जुन चिज सानो ठुलो छ भन्ने पहिल्यै थाहा छ तिनीहरूबिच तुलना गर्नु मुर्खता हो अनि उसले गिज्याउनका लागी त्यसो गरेको हुनुपर्छ ॥
अर्को कुरा एउटा चोरले केही सामान चोरेर दौडिरहेको छ र उसलाई सयौ मानिसले लखेटीरहेका छन भने म र मेरो सिद्धांतले जहिले पनि चोर कै पक्ष लिन भन्दछ॥ (यसको विस्तृत अर्को लेखमा छ।)
यी गन्थन यति मै सिमित राखौ॥ अब मेरा भावी योजनाका बारेमा पनि कुरा गरौ, मेरो सोच तल्लो वर्गलाई माथी ल्याउने छ ॥तर तपाईलाइ थाहा नै छ यो काम धेरै गाह्रो छ तर यो त्यति नै सम्भव पनि छ ॥
कसरी देश बिकास गर्ने कसरी सबैलाई बराबर गर्ने कसरी पुरानो संस्कार संशोधन गर्ने सबै कुरा मेरा आखामी लेखहरूमा आउनेछन्
मेरो जीवनका बारेमा बुझ्न चाहनुहुन्छ भने ‘मेरो आत्मकथा’ मा विस्तृत रूपमा आउनेछ ॥
धन्यवाद :- फेरी फेरी पनि भेट गर्दै गर्नुहोला।
मेरा लेख पढ्न http://www.paudelpadamprasad.wordpress.com मा जानुहोला ।
मेरो बारेमा जान्न http://www.paudelpadamprasad.hpage.com मा जानुहोला ।
info :- paudelpadamprasad@gmail.com

1 comment:

paudelpadamprasad