दिंला बजार |
विद्यापीठमा पढ्दै गरेका शिष्यहरू |
षडानन्द गुरूको मुर्ती |
समक्क परेर गुजुप्प पूराना माटो/काठका घरहरु भएको अत्यन्त रमाइलो अत्यन्त सुन्दर बजार दिङ्लाको बिचमा अवस्थित छ कलियुगका नम्बर वान गुरु षडानन्द को मन्दिर। जसको नामबाट दिङ्ला बजार मै षडानन्द विद्यापीठ र त्यहाको क्याम्पस; षडानन्द बहुमुखी क्याम्पस पनि रहेका छ। अनि षडानन्दकै नामबाट हालै बनेको त्यहाको नगरपालिकाको नाम पनि षडानन्द नगरपालिका बनेको छ। मुलपानी, तुङ्गेछा, केउरानीपानी, खार्तम्छा र किमालुङ्ग गरी पाच गाउ मिलेर बनेको बनेको उक्त नगरपालिका प्राकृतिक रुपमा आफै धनि र अनि आफै मालिक पनि छ। त्यहा विकासका लागी अनेकै सम्भावना छन्। कृषि तर्फ नगदेबालीहरु रुद्राक्ष, अलैची, सुन्तला, कागती, आलु तथा अन्य तरकारी तथा फलफुलहरुको उत्पादन प्रशस्त मात्रामा हुन्छ। त्यस्तै अन्य खाद्य तथा दलहन बालीहरु उत्पादनमा पनि त्यो क्षेत्र अगाडी नै छ। यदी यसलाई व्यवस्थित तरिकाले खेति गर्ने हो भने कृषिबाट त्यस क्षेत्रलाई विकास गर्न सकिने ठुलो सम्भावना देखिन्छ।त्यस्तै यदी भोजपूरबासीहरुले षडानन्द मन्दिर र षडानन्द गुरुको बारेमा महत्व बुझाउन सकेमा आन्तरीक र बाह्य पर्यटकहरुको आगमनबाट पनि त्यस ठाउको विकासको सम्भावना देखिन्छ। अनि यस ठाउलाई अध्ययन अनुसन्धान कर्ताहरुको लागी पनि एक उपयुक्त ठाउको रुपमा विकसित गर्न सकिन्छ।
षडानन्द मन्दिर |
तर यो क्षेत्र यदि धेरै सम्भावना भएर पनि पछाडी पर्नुको मुख्य कारण हो, भौगोलिक विकटता। अरुण नदिमा पुल नबन्दा नै यो क्षेत्र आज विकटको रुपमा गनिनु परेको छ। करिब पाच बर्ष पहिले एउटा पुल बन्नुपर्छ भनेर काम थालिएता पनि छ महिना नहुदै काम बन्द भएपछि हालसम्म पनि उक्त योजना बन्दको बन्द नै छ। भोटपूर सदमूकामबाट धेरै टाढा र धेरै घुमाउरो बाटो हुने भएकाले यो क्षेत्रलाई तुम्लिङटार सग जोड्नु नै उत्तर हुन्छ। अरुण नदीमा पुल नबन्दा खेरी त्यो क्षेत्र पछाडी त परेको नै छ त्यसमा पनि धेरै ढुवानी खर्चले गर्दा त्यहाका जनताहरु चर्को महङ्गीमा पनि परेका छन्।दुई/तीन दिनको लागी घुम्न गएको आन्तरिक पर्यटकले यस्तै देखियो यस्तै बुझियो अनि यस्तै लेखियो। ठिकै छ छिटो भन्दा छिटो अरुण पुल बनोस, त्यस ठाउको विकास हवोस यही कामना गरौ।
लम्सुवाघाटमा नाउबाट अरूण तर्नुपर्ने बाध्यता |
-पौडेल पदम प्रसाद
No comments:
Post a Comment
paudelpadamprasad