Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Sunday 20 September 2015

Good Bye My 'FIRST LIFE' & Welcame My 'SECOND LIFE' !!



 Good Bye My 'FIRST LIFE' &
Welcame My 'SECOND LIFE' !!

आजको दिन मेरो लागी एक बिशेष दिनको रुपमा अबिस्मरणीय रहनेछ।
किनभने आजको दिन मेरो लागी वारीपारीको दुई पहरा जोड्ने पुलजस्तै बनेको छ। आजबाट मेरो लागी नयानया अबसरहरू, जिम्मेवारीताहरू र चुनैतीहरू थपिएका छन् भने आजबाट मबाट केही चिजहरू गुमिदै छन् र ती चिजहरू एक बिशाल घरको बलियो जगको रुपमा तर सम्झनामा मात्र सिमित रहनेछन्।

 ➲➲आजबाट फेसबुक तथा इन्टरनेटमा पाएका अबसरहरू :-
 ➣आजबाट इन्टरनेटमा स्वतन्त्रता पाएको छु।
 ➣फेसबुकमा profileमा फलो (follow) र share post मा public भन्ने option थपिएका छन्।
 ➣ अनलाईन व्यापार(online business), blogging तथा web designing मा पनि नयानया मैकाहरू मिलेका छन्।
 ➣गुगल, अमेजन,बिङ्ग जस्ता ठुलाठुला सर्च इन्जिनमा नाम हान्दा बित्तिकै फ्याट्ट मलाई भेटाउने अबसर मिलेको छ।
 ➣हिजोसम्म बन्देज लगाइएका केही वेवसाईटहरू (डेटिङ् साईट तथा अन्य साईटहरू) मेरा लागी आजबाट खुल्ला भएका छन्।
 ➣मेरा लागी हिजोसम्म बन्देज लगाइएका youtube तथा अन्य वेवसाईटका केही भिडीयोहरू आजबाट खुला भएका छन्।
 ➣आजबाट mastercard, paypal, visacard जस्ता कार्ड बनाउन सकिने भएको छ।
           अरु यस्तै यस्तै (etc),
 ➲➲ परिवार, समाज तथा देशबाट पाएका अबसरहरू तथा जिम्मेवारीताहरू :-
 ➣ आजबाट मेरो नामका आगाडी तन्नेरी, लक्का, जवान (Mr.) थपिएको छ।
 ➣परिवार तथा समाजले आजदेखी मलाई छुट्टै 'एक जिम्मेवार पुरूषत्व' को रुपमा हेर्नेछ।
 ➣आजबाट बिस्तारै घरपरिवार, समाज तथा देश मेरो काधमा आएको छ। यसलाई मैले हिडाउनु पर्नेछ।
 ➣ आजदेखी मलाई देश तथा समाजका हरेक नियम कडा रूपले लाग्नेछन्। मैले तिनीको पालन गर्नुपर्नेछ।
 ➣आजदेखी मलाई समाजले पुराना केही स्वतन्त्रता खोसेर केही नया सेवा, सुविधा तथा कार्य थमाइदिने भएको छ।
 ➣हिजोसम्म म कसैको भरमा थिए भने आजदेखी आफूमात्र नभइ अरुलाई पनि पाल्नुपर्ने भएको छ।
          अरु यस्तै यस्तै (etc),

  
     ❣❣❣ "तर एउटा दु:खको कुरा" ❣❣❣
आजबाट मेरो पहिलो जीवन अन्त्य हुदैछ। तर मलाई यो मर्ने (अन्त्य हुने) कुराबाट कत्तीपनि डर, चिन्ता, दु:ख लागेको छैन किनभने यो जीवन सकिने बित्तिकै मेरो अर्को(दोस्रो) जीवनको जन्म(सुरू)हुनेछ। जुन जीवनमा कुनै पनि उद्देश्य थिएन त्यो मेरो पहिलो जीवन अब एउटा बिसाल घरको बलियो जगको रूपमा तर सम्झनामा मात्र सिमित रहनेछ। यो जीवनको मुख्य उपलब्धि भनेको 'आफूलाई चिन्न सक्नु( म को हु? मलाई यहा किन ल्याईएको हो? अनि मैले के गर्नुपर्छ? आदीको उत्तर जान्नु) र अबका बाकी ३ ओटै जीवनको डिजाइन तथा नक्सा तयार गर्नु (बिसाल घरको घडेरी छनोट, स्रोत साधनको परिचालन, घरको नक्सा बनाउने काम र जग बसाल्न सफल हुनु) ' भयो। यो जीवन उद्देश्य बिनाको थियो तैपनि केही उद्देश्य बिनाका कामहरू सफल पार्न सक्नु र धेरै कुरा सिक्न पाउनु नै यो जीवनको मुख्य उपलब्धि हो। अबका ३ ओटै जीवनका आफ्नाआफ्नै उद्देश्य तथा कार्ययोजनाहरू तयार भएका छन्। अब हेरौ कत्तिको योजनाअनुसार काम गर्न सकिन्छ।

मलाई आजको यो बिशेष दिनको अबसरमा बधाई/शुभकामना र सान्त्वना दिनुहुने सम्पूर्णलाई मनैदेखी "धन्यवाद ( THANKS ) " दिन चाहन्छु।

(नोट:- पढ्दा कन्फ्युज हुनुभयो भने सिधै मलाई सम्पर्क गर्नुहोला।)
        पदम प्रसाद पौडेल।
paudelpadamprasad@gmail.com

No comments:

Post a Comment

paudelpadamprasad