Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Tuesday 28 July 2015

झ्याउरे लयमा :- वास्तविकता


झ्याउरे लयमा :- “वास्तविकता”
                    ३+२+३+२+३+३=१६
सुकेको बोट लागेको चोट कसरी बाच्ने हो !
फलेको फल सबैको माझ कसरी साच्ने हो !!
रातमा निद्रा दिनमा भोक कहिल्यै लागेन !
अगाडी लाग्न खोजेको होनी कहिल्यै जानेन !!
भिखारी बनौ कसरी बन्ने सबै छ मसङ्ग !
कहिले सम्म सपना देखि बिम्झने झसङ्ग !!
जलेको मन खोक्रो छ तन बाहीर हसिलो !
बुझेन कोही कस्तो छ मान्छे हसिलो धसिलो !!
Paudelpadamprasad

No comments:

Post a Comment

paudelpadamprasad