Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Tuesday 28 July 2015

पहिलो पटक खुसी हुदाको क्षण..


जीन्दगीमा पैसा कमाउने ठुलो सोख र सपना भएर म धेरै ठाउमा धेरै समयदेखी तड्पीरहेको छु । घरको अवस्था हेरेर आफ्ना चाहना ईच्छ्या सपना र भबिष्यलाई मार्नुपर्दाको पीडा पीडितलाई मात्र थाहा हुन्छ र उसैले मात्र बुझ्न सक्छ। यही पैसाकै कारणले धेरै ठाउमा ठक्कर खानुपरेको र धेरै कुराबाट बञ्चित हुनुपरेका घटनाहरू सबै ताजा छन् ।
घर बुबाआमाको काखमा हुदा सानो छदा त आफुका आवश्यकता ब्यक्त गर्न नसकेता पनि उहाहरूले नै बुझेर पुरा गर्न सहयोग गर्नुहुन्थ्यो । तर आज म उमेरले ठुलो भईसके अव उहाहरूले पनि म बाट केही आस गर्ने बेला आएको छ। घर छोडेर बाहीर बस्दा पाईलापाईलामा पर्ने आवश्यकता पुरा गर्न हरेक चालमा पैसाको आवश्यकता पर्दो रहेछ। घर छाडेपछि पैसाको लागी झेल्नुपर्ने समस्या र बुवाआमाले हाम्रो लागी गर्नुपरेको दुख कस्तो रहेछ भन्ने कुरा आज राम्रोसग बुझ्ने मौका पाएको छु। घरबाट बाहीर ४ महिना काठमाडौ बसे त्यहा बस्दा पनि जागीरका लागी निकै नै पहल गरे तर प्राप्त गर्न सकिएन त्यसैले गर्दा पूर्णरूपमै आश्रित बन्नुपर्यो। त्यस्तै गरेर अहिले म ७ महिना धरानमा पनि पूर्ण रूपमै आश्रित बन्नुपर्यो । जागीर तथा पैसा कमाउनका लागी धेरै धाउदा धाउदा आज एउटा टिउसन पढाउनको अफर आएको छ र त्यो अफर पाउदा निकै नै खुसि भएको छु । बल्ल आजबाट मेरो पनि पालो आउने भयो भन्ने सोच पनि उब्जिएको छ । घरबाट बाहीर बसारहेको यति धेरै समयपछि एउटा टीऊसन पढाउने मौका मिल्नु मेरो लागी नसोचेको कुरा एक्कासी पाएर भरिपूर्ण भएजस्तो भएको छ । त्यो टीउसन जम्मा २६ दिनको लागी भएपनि म पहिले पस्न गाह्रो पसेपछि त ठाउ बनाईएला भन्ने सोचेको हुनाले यहि टिउसनले नै अरू अबसर उब्जाउन सक्छ भन्ने आस गरेको छु । मलाई यस टीउसन मिलाईदिन सहयोग गर्ने साथी सन्तोष अधिकारी खत्री र दाई सुरेस भण्डारी लाई धेरै नै धन्यवाद भन्न चाहन्छु र उहाहरूको त्यो गुनलाई सधै सम्झीरहनेछु भन्न चाहन्छु ।
#ppp #paudelpadamprasad
info :- paudelpadamprasad@gmail.com
Posted by paudelpadamprasad

No comments:

Post a Comment

paudelpadamprasad