Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Friday, 5 June 2020

Flipping text

Upside Down Text | Flip Text, Type Upside Down, or Backwards Text

It's almost Valentine's Day! Check out the Love Calculator to see if you're compatible.

0
Text Effects:

Post to:
Facebook Twitter


Like Upside Down Text (Flip text)? Share link w/ friends: flip.lol

Wednesday, 11 January 2017

षडानन्द मन्दिर, दिंला बजार र अरूण नदिको पुल

दिंला बजार
कलियुगका बिशिष्ट बालाब्रह्मचारी गुरु षडानन्द को आश्रमालय अर्थात् षडानन्द मन्दिर तीन गाउ (तुङ्गेछा, मुलपानी, केउरानी पानी)को सङ्गम स्थल दिङ्ला बजार; दुई ओटा अग्ला अग्ला डाँडाहरु भेट भएर बनेको अति आकर्षक भङ्ज्याङ मा पर्दछ। संखुवासभाको तुम्लिङटारबाट अरुण नदि तरेर करिब तीन घण्टा पैदल उकालो चढ्यो भने तथा भोजपूर बजारबाट ५ घण्टा ल्यानलोभरमा यात्रा गर्यो भने दिङ्ला बजार पुग्न सकिन्छ।

Monday, 20 June 2016

के हो त यो ग्रेडिङ सिस्टम???

★★के हो त यो ग्रेडिङ सिस्टम??★
हाल एसएलसी रिजल्टको ग्रेडिङ सिस्टम धेरैजसोले बुझेका छैनन्। बुझ्न खोज्नेले पनि गलत गरिकाले बुझेर झुटो प्रचार गरिरहेका छन्। खासमा यो ग्रेडिङ पद्धति के हो? यसको आवश्यकता किन पर्यो? यो ग्रेड पोइन्ट कसरी मापन गरिन्छ? यसरी पाएको ग्रेड पोइन्टलाई कसरी पुरानो तरिकामा बदलेर नम्बर तथा प्रतिशत निकाल्न सकिन्छ?? भन्ने जस्ता कुरा नबुझी यसको बारेमा गलत अर्थ लगाउनु मुर्खता हो।

Saturday, 18 June 2016

'हातेमालो साहित्य प्रतिष्ठान'को शाखा कपिलवस्तुमा पनि विस्तार

७५ ओटै जिल्लामा शाखा विस्तार गरी स्थानीय स्तरका सर्जक र पाठकहरुलाई राष्ट्रिय स्तरका सर्जकहरुसग हातेमालो गर्दै साहित्यबाट नाम र दाम दुबै कमाउन सहयोग गर्ने उद्देश्यले स्थापना
भएको यस 'हातेमालो साहित्यिक प्रतिष्ठान'ले
कपिलबस्तु जिल्लामा पनि निम्नानुसार १५ सदस्यीय समिति गठनका साथ शाखा विस्तार गरिएको छ। यस समितिले केन्द्रीय समितिको समन्वयमा कपिलबस्तु जिल्लाभित्र हातेमालो साहित्य प्रतिष्ठानका कामहरु गर्नेछ।

Friday, 10 June 2016


Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

तपाई मेरो यो सानो वेवपेजमा पाल्नुभएकोमा म तपाईलाई ह्रदयदेखी नै स्वागत गर्दछु। मेरो Webpage हेर्नुहोस,Follow गर्नुहोस र मलाई paudelpadamprasad@gmail.com मा प्रतिक्रिया पठाउनुहोस।

Welcome To My Webpage

Padam Prasad Paudel
Kapilvastu,Nepal
paudelpadamprasad@gmail.com
welcome

Sunday, 20 September 2015

Good Bye My 'FIRST LIFE' & Welcame My 'SECOND LIFE' !!



 Good Bye My 'FIRST LIFE' &
Welcame My 'SECOND LIFE' !!

आजको दिन मेरो लागी एक बिशेष दिनको रुपमा अबिस्मरणीय रहनेछ।
किनभने आजको दिन मेरो लागी वारीपारीको दुई पहरा जोड्ने पुलजस्तै बनेको छ। आजबाट मेरो लागी नयानया अबसरहरू, जिम्मेवारीताहरू र चुनैतीहरू थपिएका छन् भने आजबाट मबाट केही चिजहरू गुमिदै छन् र ती चिजहरू एक बिशाल घरको बलियो जगको रुपमा तर सम्झनामा मात्र सिमित रहनेछन्।

Sunday, 13 September 2015

Happy FATHER'S DAY, KUSHE AUNSHI & MOTIJYANTI

"Happy FATHER'S DAY, KUSHE AUNSHI & MOTIJYANTI" एउटा काल्पनिक लेख- (यदी तपाईसग समय छ भने एकचोटी भएपनि पढ्नुहोला) शीर्षक:- "बुझ्ने भईसक्दा" बाल्याबस्थामा मलाई मम्मी तथा दिदीहरूले सधै बिहान ६ बजे उठ्ने बानी बसालिदिनु भएको थियो। म उठ्दा घाम झुल्किसकेको हुन्थ्यो,घर वरिपरी दिदी/मम्मीहरूले लिपेर रातै टल्किरहेको हुन्थ्यो। कति बेला उठेर सबै काम सकिसक्नुहुन्थ्यो मलाई पत्तो नै हुदैनथ्यो। भैसी दुहुने,गोबर सोतर गर्ने,लिपलाप गर्ने,आगो बाल्ने,चिया नास्ता बनाउने जस्ता सबै काम गरेर म उठ्दा अगेनुको डिलमा चिया नास्ता राखिदिनु भएको हुन्थ्यो र उहाहरू मेलापात,घासदाउरा,खेतबारी जान तथा आफ्नो-आफ्नो काम गर्न तयार भैसक्नु भएको हुन्थ्यो।

Tuesday, 28 July 2015

झ्याउरे लयमा :- वास्तविकता


झ्याउरे लयमा :- “वास्तविकता”
                    ३+२+३+२+३+३=१६
सुकेको बोट लागेको चोट कसरी बाच्ने हो !
फलेको फल सबैको माझ कसरी साच्ने हो !!
रातमा निद्रा दिनमा भोक कहिल्यै लागेन !
अगाडी लाग्न खोजेको होनी कहिल्यै जानेन !!
भिखारी बनौ कसरी बन्ने सबै छ मसङ्ग !
कहिले सम्म सपना देखि बिम्झने झसङ्ग !!
जलेको मन खोक्रो छ तन बाहीर हसिलो !
बुझेन कोही कस्तो छ मान्छे हसिलो धसिलो !!
Paudelpadamprasad

पहिलो पटक खुसी हुदाको क्षण..


जीन्दगीमा पैसा कमाउने ठुलो सोख र सपना भएर म धेरै ठाउमा धेरै समयदेखी तड्पीरहेको छु । घरको अवस्था हेरेर आफ्ना चाहना ईच्छ्या सपना र भबिष्यलाई मार्नुपर्दाको पीडा पीडितलाई मात्र थाहा हुन्छ र उसैले मात्र बुझ्न सक्छ। यही पैसाकै कारणले धेरै ठाउमा ठक्कर खानुपरेको र धेरै कुराबाट बञ्चित हुनुपरेका घटनाहरू सबै ताजा छन् ।
घर बुबाआमाको काखमा हुदा सानो छदा त आफुका आवश्यकता ब्यक्त गर्न नसकेता पनि उहाहरूले नै बुझेर पुरा गर्न सहयोग गर्नुहुन्थ्यो । तर आज म उमेरले ठुलो भईसके अव उहाहरूले पनि म बाट केही आस गर्ने बेला आएको छ। घर छोडेर बाहीर बस्दा पाईलापाईलामा पर्ने आवश्यकता पुरा गर्न हरेक चालमा पैसाको आवश्यकता पर्दो रहेछ। घर छाडेपछि पैसाको लागी झेल्नुपर्ने समस्या र बुवाआमाले हाम्रो लागी गर्नुपरेको दुख कस्तो रहेछ भन्ने कुरा आज राम्रोसग बुझ्ने मौका पाएको छु। घरबाट बाहीर ४ महिना काठमाडौ बसे त्यहा बस्दा पनि जागीरका लागी निकै नै पहल गरे तर प्राप्त गर्न सकिएन त्यसैले गर्दा पूर्णरूपमै आश्रित बन्नुपर्यो। त्यस्तै गरेर अहिले म ७ महिना धरानमा पनि पूर्ण रूपमै आश्रित बन्नुपर्यो । जागीर तथा पैसा कमाउनका लागी धेरै धाउदा धाउदा आज एउटा टिउसन पढाउनको अफर आएको छ र त्यो अफर पाउदा निकै नै खुसि भएको छु । बल्ल आजबाट मेरो पनि पालो आउने भयो भन्ने सोच पनि उब्जिएको छ । घरबाट बाहीर बसारहेको यति धेरै समयपछि एउटा टीऊसन पढाउने मौका मिल्नु मेरो लागी नसोचेको कुरा एक्कासी पाएर भरिपूर्ण भएजस्तो भएको छ । त्यो टीउसन जम्मा २६ दिनको लागी भएपनि म पहिले पस्न गाह्रो पसेपछि त ठाउ बनाईएला भन्ने सोचेको हुनाले यहि टिउसनले नै अरू अबसर उब्जाउन सक्छ भन्ने आस गरेको छु । मलाई यस टीउसन मिलाईदिन सहयोग गर्ने साथी सन्तोष अधिकारी खत्री र दाई सुरेस भण्डारी लाई धेरै नै धन्यवाद भन्न चाहन्छु र उहाहरूको त्यो गुनलाई सधै सम्झीरहनेछु भन्न चाहन्छु ।
#ppp #paudelpadamprasad
info :- paudelpadamprasad@gmail.com
Posted by paudelpadamprasad

एक परदेशी साथीको पीडा


→•एक परदेशी साथीको पीडा•←
मेरो देश डुब्दै डुब्दै गईरहेको बेला म एउटा डुङ्गाको खोजीमा देश छाडेर बाहीर डुल्दै थिए ॥ मेरो देश पुरा नडुब्दै डुङ्गा लिएर फर्कने र देशलाई बचाउने प्रतिज्ञाका साथ देश छोडेको म आज आफ्नै देश डुबिसकेको खबर सुन्दा मेरो जीवन व्यर्थ र मेरै कारणले देश डुबेको अनुभुती भएको छ ॥ हजारौ सपना र प्रतिज्ञा पूरा गर्न नसकेको म आफै ज्यूदै आत्मघाती प्रहार गरेर मरेजस्तो भएको छु । जे गर्न सकिन्छ जस्तो गरिन्छ आफ्नै देशमा रहेर आफ्नै देशका बास निगालोको चोया र काठबाट डुङ्गा बनाउन थालेको भए आज मेरो देश र म दुबै बाच्ने थियौ । आज मैले ठुलो गल्ति गरे ठुलो घात गरे मेरै कारणले आज मेरो देश डुबेको छ ॥ अब मेरो देशलाई भेटाउन र पुरानै अबस्थामा फर्काउन धेरै नै गाह्रो छ ॥ अब म मर्नै परेपनि त्यही डुबेकै देशको काखमा गएर मर्छु । अझैपनि बचाउन सकेभने बचाउने प्रयास गर्नेछु। म अब छिट्टै आफ्नै देश फर्कदै छु । मेरो साथीहरूलाई पनि फर्कन भन्छु ।
written by paudelpadamprasad
info :- paudelpadamprasad@gmail.com
#ppp @padam9999
Posted by paudelpadamprasad

अबको संबिधानमा यी कुराहरू पनि आओस

$$$अबको संबिधानमा यी कुरा समेटीदा राम्रो हुन्छ$$$
कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेझै संबिधान आएपनि हामीलाई न त यसले लाउन,खान दिन्छ न त बस्न नै हामीलाई के को चासो, यो हाम्रो सरोकारको बिषय नै होईन भन्ने मानिस मैले धेरै भेटे । त्यस्तै हिजो म मेरै घर नजिकको बुबालाई आज सभासद सुझाव बटुल्न आउदैछ हिड्नुस जाऔ भन्दा उक्त बुबाले “उ त हाम्रो पाटीको हैन उसलाई सुझाव दिएर हाम्रो सुझाव लैजाने हैन म त जन्न त पनि नजा” भन्दा साह्रै चित्त दुुख्यो । र यो संबिधानबाट दलीय ब्यबस्था हटाउनु पर्छ जस्तो लाग्यो॥ सुझाव सङ्कलन भईरहेको बेला तडकभडकर झगडा भएका पनि धेरै समाचार सुनियो देखियो पनि।
हुन त यी सबै कुरा अज्ञानताका कारणले र यस मस्यौदाबाट अधिकांश मानिस असन्तुष्ट भएकोले पनि होला । खासमा संबिधान भनेको त देशको मुल कानुन सर्वमान्य हुने खालको हुनुपर्छ ।
एकातिर यस संबिधानले गर्दा जातीय ,धार्मीक मेलमिलापमा खलबल पुर्याउन सक्ने र अर्कोतिर राष्ट्रलाई प्रदेशमा खण्डित गरेर देश नै टुक्राउने र आन्तरिक द्वन्द्व निम्ताउने त हैन भनेर डराउनु पर्ने पनि अवस्था देखिन्छ ॥ देशलाई प्रदेशमा बाढ्दा सिमाङ्कन गर्दा,नामाकरण गर्दा, प्रदेश सरकार गठन गर्दा धेरै नै धाधली हुने र धेरै नै बिबादमा आउन सक्छ र यसैबाट प्रदेश स्वतन्त्रताको डर पनि उठ्न सक्छ भन्ने एउटा डर छ र अर्को तर्फ देश झनझन आर्थिक सामाजिक समस्याको खाडलमा खस्ने डर हुन जान्छ । ठुलाठुला देश चिन अमेरिका भारतहरुमा एउटै सरकारले सबै क्षेत्रको प्रतिनिधित्व गर्न नसक्ने हुदा उनीहरूको अबस्थामा सङ्घियता ठिक छ तर नेपाल जुन अरू देशका प्रदेशको एक चौथाई पनि छैन र तैपनि बिदेशी देशको सिको गर्दै नक्कल गर्दै जसरी आफूलाई टुक्राउन गईरहेको छ त्यसले झन नेपाललाई सङ्कटमा पार्न सक्छ भन्ने कुरातिर कसैको ध्यान छैन। सङ्घियता गर्नै परे पनि सरकार र सरकारी कामहरूलाई समानुपातिक रूपमा बिकेन्दीकरण गरेर पाचौ बिकाश क्षेत्रलाई नै एकआपसमा आश्रित हुने गरि प्रदेशको रुपमा छुट्याउन सकिन्छ ।
मैले आगामी संबिधानको मस्यौदा पढे र पढिसक्दा मलाई धेरै कुराहरु चित्र बुझेन ।
म एक बिद्यार्थी भएकाले बिद्यार्थीकै कुरा गर्नुपर्दा यस मस्यौदामा न त कुनै बिद्यार्थीको लागी कुनै हक अधिकार नै छुट्याईएको छ न त कर्तव्य नै । अहिलेको समयमा शिक्षालाई व्यवसायको रुपमा प्रयोग गर्नाले शिक्षाको गुणस्तरमा दिनप्रतिदिन ह्रास आउदै गईरहेको छ र त्यसलाई रोक्नका लागी मैले संबिधानको मस्यौदामा कुनै कानुन फेला पार्न सकिन । जून बिद्यार्थी अलि ट्यालेन्ट छन जान्ने छन तिनीहरू न त राम्रो शिक्षा लिन नै पाउछन न त राम्रो मान्छे बन्न नै सक्छन । जो फेल भई भई पनि पैसैको बलमा मार्कसिट हात पारेको छ उसले ईन्जिनियर डक्टर बन्न पाउछ जो ट्यालेन्ट छ जो गरीब छ उ slc दिदा साथ बिहे गर्नुपर्ने, खाडी पलायन हुनुपर्ने वा गाउमै बसेर मन नलाएको बिषय पढ्नु पर्छ ॥ अबको संबिधानले कि त गाउगाउमा गुणस्तरीय शिक्षा र विद्यालय क्याम्पस खेल्ने ब्यबस्था गर्नुपर्ने कि त पढ्न चाहने क्षमतावान बिद्यार्थीलाई उसको सर्टिफिकेट र मार्कसिट सरकारले राखेर उसलाई पढ्नको लागी सबै ब्यबस्था गर्ने र पछि रोजगार गर्न थालेपछि त्यो रिन तिर्नुपर्ने ब्यबस्थाको ग्यारेन्टी गरिनुपर्छ ॥
यस्तै गरी यस मस्यौदाले भेदभाव र छुवाछुद गर्न पाईदैन भनेर भनेको छ तर आफैले नै जातीय भेदभाव गरेको छ ॥ कुनै एउटा जातीलाई माथी ल्याउनको लागी त्यो जातीलाई अरु जातीलाई भन्दा बिशेष सेवा सुबिधा भत्ता दिने ब्यबस्थाले गर्दा त्यो जातिभित्र नै त्यसले आन्तरिक बर्गीय भेदभाव निम्त्याउछ र त्यो जातिलाई आफैमा घमन्डीत बनाउने त्यस्तै अरु जातीहरूले त्यस जाति माथि नराम्रो दृष्टिकोण राख्ने र डाहा गर्ने आक्रोशित बन्ने जस्ता कार्य गर्न सक्छ ॥ त्यो जातीमा पनि गाउले गरिब मानिसलाई लक्षित गरेर त्यो कार्यक्रम ल्याईएको भए तापनी सहरी ठाउमा बस्ने धनाण्यले मात्र त्यो सेबा प्रयोग गर्न पाउछ तर त्यो जातकै त्यो गरिब मानिस त्यो स्थानमा पुग्न सक्दैन । जसले गर्दा लक्ष्यअनुसारको काम नहुने गुणस्तरिय जनशक्ति तयार नहुने त्यो जातलाई झन अल्छी र श्रम नगर्ने बनाउने हुनाले यसले झन जातीय द्वन्द्व निम्त्याउन सक्छ ॥
यसको सट्टा बरु नेपालका सबै नागरिकहरुलाई एउटै थर र जात दिएर जातीयता सधैको लागी हटाउन सकिन्छ। यो कार्य गाह्रो र असम्भव भयो भने कुनै पनि जातीलाई बिशेष सेवासुबिधा दिनुको सट्टा सबै गरीब अपाङ्ग अशक्तहरूलाई अलि बढी सेवा सुबिधा र अबसर दिएर उनिहरूलाई माथि ल्याएर बर्गीय बिभेद हटाई सबै समान जस्तै बनाई बराबर अबसर सेवासुबिधा दिएर जातीय बर्गीय बिभेद सधैको लागी हटाउन सकिन्छ ॥
त्यस्तै गरी यो संबिधानले गर्दा लैङ्गीक बिभेद पनि झन बढ्ने जस्तो देखिन्छ । महिलालाई सर्बप्रथम त माथी ल्याएर पुरूषसमान आत्मनिर्भर बनाएर महिलालाई पनि खुल्ला प्रतिस्पर्धा र क्षमताका आधारमा सेवासुविधा अबसर प्रदान गर्नु पर्छ नत्र अपराधीहरूले महिलालाई प्रयोग गरेर वा महिला स्वय ती सेवासुबिधाहरुको दुरुपयोग गरेर ठुलो कान्ड नमच्याउलान भन्न नसकिएला । त्यसैले यस कुरामा पनि ध्यान दिनुपर्छ ॥
अहिलेको संबिधानको मस्यौदामा बिदेशी केटाले नेपाली केटीलाई बिहे गरे र नेपाली नागरिकता लिन चाहेमा १५ बर्ष नेपालमा बस्नुपर्ने ब्यबस्था छ तर बिदेशी केटी र नेपाली केटोको पक्षमा भने उसले बिदेशी नागरिकता त्यागेर तत्काल नेपाली नागरिकता पाउन सक्ने ब्यबस्था पनि मन परेन । यस कुराले त बिदेशी केटीले अपराधहरु गर्दैनन र केटाले मात्र अपराध गर्छन भन्ने कुरा देखाएजस्तो लाग्यो । यस कुराले पनि लैङ्गीक भेदभाव गरेको छ ॥ यस कुरामा उक्त बिदेशी केटीले पनि १५ बर्ष नेपालमा बसोबास गरेर मात्र नागरिकता पाऊने ब्यबस्था गर्नुपर्छ ॥
त्यस्तै गरी कसैले हिन्दुराष्ट्र कसैले धर्म निरपेक्षता भने कसैले धर्म स्वतन्त्रताको कुरा गरेका छन्। हिन्दु राष्ट्र भनियो भने भएको धार्मीक सहिष्णुता खलबलिने हुन सक्छ र धार्मिक द्वन्द्व आउन सक्छ ॥ त्यस्तै धर्म निरपेक्षता मान्ने हो भने धर्मको नाममा बिदेशबाट नयानया बिकृति बिसङ्गति आउनसक्छन र यही भएका बिकृति पनि मौलाउन सक्छन त्यसैले अहिले अवस्थामा धार्मिक स्वतन्त्रता ल्याउनुपर्छ ॥ जसले जस्तो धर्म पनि मान्न पाउनुपर्छ तर हरेक धर्मको निगरानी सरकारले गर्नुपर्छ र धार्मिक बिकृतिहरुमा सरकारले बन्देज लगाउन सक्ने ब्यबस्था मिलाउनुपर्छ ॥
अर्को कुरा राष्ट्रीय जनावर गाईलाई हटाएर गौडा वा अन्य नेपालको परिचय दिने खालको जनावर हुनुपर्छ किनकी गाई अल्ली बढी कुनै एउटा धर्मसग सम्बन्धित छ ॥
त्यस्तै गरी प्रकाउ गर्दा प्रकाउ भएको कारण र प्रमाण खुलाएर प्रकाउ गर्नुपर्ने र प्रकाउ गरिसके पछि बिभिन् किसिमका शारीरिक यातना नदिनुपर्ने र मनो वैज्ञानिक तिरिकाले प्रमाणित गर्नुपर्ने । र सजायपछि छुटेपछि अरू मानिसहरूजस्तै सम्मानपूर्वक बस्न पाउने ब्यबस्था गर्नुपर्छ ॥
वर्तमान संबिधानले जनसंख्या रोक्ने खालको कुनै कानुन बनाएको छैन। यसका लागी श्रीमान श्रीमती दुबैको मन्जुरी भएको खण्डमा लैङ्गीक पहिचान भईसकेपछि पनि भ्रुण हत्या गर्न पाउने र बढीमा यति छोराछोरी यतियति अबधी राखेर जन्माउने भनेर यस संबिधानले ब्यबस्था गर्नुपर्दछ ॥
राष्ट्रपति प्रधानमन्त्री चुन्दा जनताले प्रत्यक्ष रुपमा निर्वाचन गरेर त्यसबाट चुन्नुपर्दछ र यसमा कुनै पनि एउटा स्वतन्त्र नागरिक पनि उमेदवारको रुपमा उठ्ने ब्यबस्था गरिनुपर्छ ॥
यस्तै यस्तै कुरा ग्यारेन्टी र सुधार गरियो भने नेपाल साच्चीकै फुलबारीजस्तै देखिन्छ ॥

पदम प्रसाद पौडेल ।
paudelpadamprasad@gmail.com
कपिलबस्तु,हाल धरान ERC
#ppp

Friday, 6 February 2015

हात्तीलाई माउतेले कुकूरलाई मालिकले चरालाई सिकारीले बिपक्षीलाई सत्ताधारीले हेप्नुको सट्टा हातमा साथ मिलाउदै गए सबैको भलो हुन्थ्यो होला। :- p